Incident Reports

राजेन्द्र महतो कुटिएको विरोधमा गौरमा प्रदर्शन

2015-12-27

Madhes, Rautahat, Gaur

सद्भामवना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कुटपिट गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौरमा विरोध प्रदर्शन सुरु गरेका छन्। मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध जनाइरहेका छन्। उनीहरुले प्रहरी दमनको विरोध गर्दै महतोलाई कुट्ने प्रहरीलाई कारबाही गर्नुपर्ने बताएका छन्। 'शान्तिपूर्ण आन्दोलन गरिरहेका हाम्रा अध्यक्षज्यूमाथि प्रहरीले बर्बर दमन गरेको छ,' सद्भाएवनाका केन्द्रीय सदस्य योगेन्द्र यादवले भने, 'हातपात गर्ने प्रहरीलाई कारबाही गरियोस्।' मोरङको जोगबनी नाका धर्ना दिन पुगेका मोर्चा नेता महतो शनिबार झडपका क्रममा कुटिएका थिए। उनको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments