Incident Reports

६ हजार लिटर डिजल सहित दुई पक्राउ

2015-12-24

Bagmati, Kathmandu, Kathmandu

पेप्सीकोला साईराम चोकबाट पेट्रोल र डिजल कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बा.३ ख ८०६९ नम्बरको ट्रिपरका मालिक सिन्धुपाल्चोकका ३३ वर्षीय नारायण दंगाल र सहचालक राजकुमार खत्रीलाई पेट्रोल र डिजलसहित प्रहरीले पक्राउ गरेको हो। उक्त ट्रिपरमा २६ वटा ड्रममा करीव ६ हजार लिटर डिजल र १५ वटा ड्रममा २ सय ७५ लिटर पेट्रोल काँकडभिट्टाबाट ल्याई राखेको अवस्थामा डिजेल र पेट्रोलसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रिपर चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments