Incident Reports

मालपोत कार्यालयका कर्मचारी घुस लिएको ५ लाखसहित पक्राउ

2015-12-31

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय डिल्लिबजार काठमाडौंका कर्मचारीलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मंगलबार पाँच लाख रुपैयाँसहित चार जना कर्मचारीलाई पक्राउ गरेको हो । घुस लिँदै गरेको अवस्थमा नायब सुब्बाहरु मुकुन्दराज पाण्डे, एकनाराण्ण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थमा डिल्लिबजारको एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो । उनीहरुको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । काठमाडौं महानगरपालिका–८ गुहेश्वरीमा रहेको विभिन्न कित्ताको १ सय ३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल यकिन गरी पाउँ भनी दिएको निवेदनउपर नियमानुसार आवश्यक कारबाही नगरी कर्मचारीले सेवाग्राहीसँग घुस माग गरेको आयोगले जनाएको छ ।

0 Comments