Incident Reports

बालिका बलात्कारको आरोपमा व्यापारी पक्राउ

2015-12-25

Sudurpashchim, Kanchanpur, Shuklaphanta National Park

चौध वर्षीया बालिकालाई सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक व्यापारीलाई पक्राउ गरेको छ । गत शुक्रबार मोबाइल पसलमा मोबाइल बनाउन आएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झलारी पिपलाडी नगरपालिका–१ बन्साहस्थित मनिष मोबाइल ग्यालरीका सञ्चालक देवबहादुर साउदलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले मोबाइल पसल सञ्चालक २७ वर्षीय साउदले गाउँमै रहेको सामुदायिक वनमा बालिकालाई लगेर बलात्कार गरेको बताए । बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा साउदलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी निरीक्षक रावलले बताए । स्रोतका अनुसार बालिका गत पुस १० गते बिग्रिएको मोबाइल मर्मतका लागि साउदको पसलमा पुगेकी थिइन् । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिसकेको र बिहीबार अभियुक्त साउदविरुद्ध मुद्दा दायर हुने प्रहरीले जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments