Incident Reports

प्रहरीको कुटपिटबाट घाइते

2015-12-28

Karnali, Humla, Simkot, Ward 4

सिमकोट गाविस-९ का ३८ वर्षीय बहादुर लामालाई पुस १३ गते प्रहरीले कुटपिट गरेका छन् । प्रहरीको कुटपिटबाट करङ भाँचिएका लामाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीलाई हातपात गर्न खोजेको आरोपमा पुस १३ गते राति नौ बजे घरमा रहेका लामालाई प्रहरीले बन्दुकको कुन्दा, लठ्ठी र बुटले हिर्काएको पीडित पक्षले आरोप लगाएको छ । लामाको करङ भाँचिएको र मृगौलामा समेत चोट लागेको उपचारमास संलग्न जिल्ला अस्पतालका डा. अनिलकुमार गुप्ताले बताए । घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पातलले जनाएको छ । थप उपचारका लागि पुस १७ गते नेपालगञ्ज लैजाने तयारी गरिएको बहादुर लामाकी पत्नी हिछोटन लामाले बताइन । घाइते लामाकी पत्नी हिछोटनका अनुसार आफ्नै घरमा साथीहरूसँग बसिरहेको अवस्थामा घर नजिकै रहेको विटका प्रहरी जवनाले एक्कासी ढोका खोल्न लगाई घरभित्र पसेर बन्दुकको कुन्दा, लाठी र बुटले हाने । घटना सम्बन्धमा केस फाराम गराउन आफू जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले केश फारम समेत गर्न नदिएको हिछोटनले गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी त्रिलोकबहादुर चन्दले प्रहरी माथि स्थानीय बासिन्दाले हातपात गर्न खोजेपछि उक्त घटना हुन पुगेको बताए । आफूबाट कुनै प्रकारको निर्देशन नदिएको बताउँदै प्रहरी जवनाले गल्ती गरेको भए विभागीय कारबाही गर्ने डिएसपी चन्दले आश्वासन दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Secondary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments