Incident Reports

घुस लिने सबइन्जिनियरविरुद्ध मुद्दा दर्ता

2016-01-04

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबइन्जिनियर शरद्कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । नाङ्गलेभारे सडकखण्ड ग्राभेल सम्पन्न भएपछि ३२ लाख ४० हजारको भुक्तानी ठेकेदारलाई दिएबापत दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सबइन्जिनियर श्रेष्ठलाई आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगले दुई लाख बिगोसहित हदैसम्मको दण्ड सजायको माग दाबी गरी अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए ।

0 Comments