Incident Reports

बहुविवाह घटनाका दोषीलाई एक वर्षकैद

2016-01-03

Province 1, Ilam, Illam

बहुविवाह घटनाका आरोपित साङरुम्बा गाविस-९ का २९ वर्षीय रविन्द्र तामाङ र ३० वर्षीया फूलमाया तामाङलाई जिल्ला अदालतले पुस १९ गते जनही एक वर्षकैद र पाँच हजार रुपियाँ जरिवाना सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन विवाहवारी महलको ९ र १० नम्बरबमोजिम कसुर ठहर गर्दै सोही महलको १० नम्बरबमोजिम सजाय फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताए । रविन्द्र तामाङले फूलमाया तामाङसँग ०७२ साउन १८ गते दोस्रो विवाह गरेका थिए । रविन्द्रकी जेठी पत्नी श्रीमाया तामाङले उनीहरूविरुद्ध कारबाहीको माग गर्दै ०७२ भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीपछि रविन्द्र र फूलमायालाई प्रहरीले भदौ २८ गते गिरफ्तार गरेको थियो । कोकिला ढकाल

0 Comments