Incident Reports

तालतलैया नजिकैको जंगलमा महिलाको हत्या

2016-01-05

Province 1, Sunsari, Itahari

update.. इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा मंगलबार एक महिलाको हत्या गरिएको अवस्था शव फेला परेको छ। हत्या भएकी महिलाको पहिचान हुन सकेको छैन। इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। डिएसपी ओम अधिकारीका अनुसार महिलाको घाँटीमा धारिलो हतियारले प्वाल पारी हत्या गरिएको छ। इटहरीको तालतलैयामा विभिन्न स्थानबाट पर्यटकसँगै प्रेम सम्बन्धमा गासिएका जोडीसमेत आउने हुदाँ आवेशमा आएर हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। हत्या गरिएको महिला नजिकै ब्याग भएपनि सो ब्यागमा केही नभएकाले गर्दा पहिचान गर्न सकिएको छैन। शान्तिनगरी सामूदायिक वन आसपासका बासीन्दाले भने स्थानीय बासीन्दा नभएको बताएका छन् ।

 दुई वर्षदेखि घनिष्ट चिनजान भएकी धनकुटा लेगुवामा होटल सञ्चालन गर्ने महिलालाई घुमाउन ल्याउँदा सामान्य विवाद भएको निहुँमा सेनाका जवानले हत्या गरेको पत्ता लागेको छ। भोजपुर जरायोटार–३ की ४१ वर्षीया शान्तिमाया राईलाई भोजपुरकै चम्पे– ८ घर भई संखुवासभाको श्री दल गुल्ममा दरबन्दी भई हाल २ नम्बर बाहिनी हिले धनकुटामा कार्यरत ३३ वर्षीय नवराज शाहीले हत्या गरेको पत्ता लागेको हो । शान्तिमायाको पुस २१ गते इटहरी–३ का पर्यटकीय स्थल तालतलैया नजिकै शान्तिनगरी सामुदायिक वन क्षेत्रमा हत्या गरेर शव फ्याकिएको थियो। शान्तिमायाको पहिचान घटना भएको चार दिनपछि भएको थियो। शान्तिमाया र नवराजबीच घनिस्ट सम्बन्ध भएको र घुमाउन इटहरी ल्याएको बेला हत्या गरेको प्रहरीले जनाएको छ । घटनाक्रम अनुसार नवराज पुस १७ गतेदेखि घर विदा लिएको र १८ गते शान्तिमायासँग भेडेटारमा भेट गरेर घुमफिर गर्न हिडेकोमा त्यसको भोलिपल्ट तालतलैया छेउको जंगलमा ल्याएर हत्या गरेको खुलेको छ। शान्तिमायाका लोग्ने वैदेशिक रोजगारमा रहेकोमा छोराछोरीलाईसँगै लिएर लेगुवामा होटल गदैं आएकी थिइन् । नवराजले होटलमा गएर खानपान गरेकै आधारमा सम्बन्ध घनिष्ट भएकाले गर्दा बेलामौकामा दुवै जना घुमफिर गर्न हिड्ने गरेकोमा इटहरी आएको बेला सामान्य विवाद हुदाँ नवराजले शुरुमा अनुहारमा ढुंगाले हानेको र त्यसपछि महिलाकै झोलामा रहेको नङ्कटुवाले घाटीमा प्वाल पारेर हत्या गरेको प्रहरीले रेकर्ड गरेको भिडियोमा उल्लेख छ। भिडियोमा सामान्य विवाद घटना भएको सार्वजनिक गरिएपनि के कारणले त्यस्तो भएको खुलाइएको छैन् । प्रहरीले पनि अनुसन्धानकै क्रममा रहेको जनाएको छ । प्रहरीले छ वटा टोली परिचालन गरी नवराजलाई पत्ता लगाउन सफल भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिएसपी ओम अधिकारीले नवराजलाई पत्ता लगाउन हिले–लेगुवा, भेडेटार, संखुवासभा, भोजपुर, मोरङ र धरानमा टोली परिचालन गरि दोषी पत्ता लगाउन सफल भएको बताए। हत्या गरेपछि शान्तिमायाकै दुई लाख ५० हजार, औठी, हातमा लगाउने वाला, मोवाइललगायतका सामान पनि नवराजको साथबाट बरामद गरिएको छ । नवराजलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Other
Primary Cause Others
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments