Incident Reports

अपाङता भएकी गर्भवती महिला बलात्कार गर्नेलाई १० वर्ष जेल सजाय

2016-01-06

Bagmati, Dhading, Netrawati

बहुअपाङ्गता भएकी २० वर्षीय एक महिलालाई बलात्कार गरेको आरोपमा कटुन्जे गाविस-९ का ४५ वर्षीय हरिकुमार श्रेष्ठलाई जिल्ला अदालतले १० वर्षकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश ईश्वरराज आचार्यको पुस २० गतेको इजलासले बलात्कार गरेको आरोपमा ५ वर्ष गर्भवतीलाई बलात्कार गरेको आरोपमा थप पाँच वर्षगरी १० वर्षकैदको फैसला सुनाएको हो । यसैगरी पीडितलाई २५ हजार रुपियाँ नगद क्षतिपूर्ति भराउन आदेश जारी गरेको छ । आरोपित श्रेष्ठलाई भदौ ५ गते गिरफ्तार गरी सोही दिन प्रहरीले मुद्दा दर्ता गरेको थियो । २६ हप्ताको गर्भवती समेत रहेकी पीडित महिललाई ०७२ साउन ६ गते बाटो ढुकेर त्रिपुरेश्वर गाविसमा बलात्कार गरेको आरोपमा आरोपित श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दा चलाएको थियो । पीडितले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा भएको थियो । सीताराम अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments