Incident Reports

बलात्कार घटनाका दोषीलाई ६ वर्षकैद फैसला

2016-01-06

Province 1, Ilam, Illam, Ward 9

Kokila Dhakal अपाङ्गता भएकी २६ वर्षीया एक महिलालाई बलात्कार गरेकोमा दोषी ठहर गर्दै दानाबारी गाविस-९ का ३० वर्षीय कान्छा भनिने रामकुमार राईलाई जिल्ला अदालतले पुस २२ गते ६ वर्षकैद सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलाशले राईको मुद्दामाथि सुनुवाइ गर्दै मुलुकी ऐन जबरजस्तीकरणी महलको ५ नम्बरअनुसार सो कसुर ठहर गरेको हो । जबरजस्तीकरणी महलको ३(५) नम्बरमा ५ तोकिएको सजायको आधा सजाय साढे तीन वर्ष र अपाङ्गता भएकालाई बलात्कार कसुर गरेकोमा थप साढे दुई वर्षगरी ६ वर्षकैद सजाय फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताए । ती महिलालाई ०७२ कात्तिक १ गते बलात्कार गरेको आरोपमा आरोपितलाई प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २ गते भएको थियो । पीडित क्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २ गते उजुरी दिएको थियो । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments