Incident Reports

मधेसी मोर्चाले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

2016-01-09

आन्दोलनर मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको मोर्चाको बैठकले पुस २८ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले जुलुस प्रदर्शन गर्नेदेखि आमसभालगायतका नरम खालका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। सरकारसँगको वार्ता जारी नै रहेका बेला मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले नाकाको धर्नालाई यथावत राख्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको मोर्चाका नेता एवं सद्भावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए।

0 Comments

Related Trend Analysis