Incident Reports

हत्या गरि अन्त्यष्टी गरेको आरोपमा मलामी पक्राउ

2016-01-10

Lumbini, Rupandehi, Kotahimai, Ward 1

रुपन्देहीको दानव नदीस्थित बोग्दियाघाटमा एक महिलाको लास जलाएर घर फर्किन लागेको अवस्थामा प्रहरीले उक्त महिलाको हत्या गरि अन्त्यष्टी गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिपवा गाविस–६ की सुनिता मल्लाह र उनको पेटमा रहेको आठ महिने शिशु समेतको हत्या भएको अभियोगमा मृतकको श्रीमान् २६ वर्षिय सैलेश मल्लाहलाई पक्राउ गरेको छ । यस्तै मृतकका ससुरा ६० वर्षिय रतन मल्लाह र सहयोगी शिवदास कलवार, शिवड मल्लाह र सुरज मल्लाहलाई अपराध लुकाउन दाह संस्कार गर्नमा सघाएको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरि रातमा घर आएका सैलेशले शनिबार घरमा सुतिरहेकी श्रीमती सुनिता मल्लाहको पेटमा लाठीले प्रहार गर्दा उनि खाटबाट खसेकी थिइन् । उनको पेटमा आठ महिनाको गर्भ रहेको र सैलेशले प्रहार गरेको चोटको पीडाकै कारण सुनिताको केही क्षणमै मृत्यु भएको प्रहरीको दाबि छ । मृतक सुनितालाई घाटमा जलाइरहेको अवस्थामा कसैले खबर गरेपछि प्रहरीलाई यस बारेमा जानकारी भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments