Incident Reports

भूत भगाउने निहुँले जंगलमा लगेर बलात्कार प्रयास

2016-01-12

आफूलाई धामीझाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा छन्। कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै स्याली नदी पारी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर बलात्कार प्रयास गरेको किशोरीका आफन्तले जानकारी दिएका छन् । 'टाउको दुख्ने, रिङ्गाटा लाग्ने भएर झाँक्रीमा पुग्यो।' पीडित किशोरीका आफन्तले भने, 'भूत भगाउँछु भन्दै जङ्गलमा लगेर जबर्जस्ती गर्न खोजेछ।' जङ्गलमा लगेर किशोरीलाई लुगा फुकाल्न लगाएर काखमा बसाएर यौन दुर्व्यवहार थालेपछि किशोरी भाग्न सफल भएकी थिइन्। उनले घरमा आफन्तसँग घटनाबारे जानकारी गराएपछि आफन्तले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । अभियुक्त नेपालीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments