Incident Reports

तीस हजार घुससहित सब–इन्जिनियर यादव पक्राउ

2016-01-14

RSS नवलपरासीमा जिल्ला प्राविधिक कार्यालयका सब–इन्जिनियर मनोज यादव आज कार्यालयमै घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई कार्यालय कक्षबाटै रु ३० हजार लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। कावासोतीको कल्भर्ट बनाउने एक योजनाको लागत तयार गरिदिने सर्तमा यादवले घुस लिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दि। रासस

0 Comments