Incident Reports

बलात्कार गरेको आरोपमा बृद्ध गिरफ्तार

2016-01-14

Province 1, Sunsari, Barah, Ward 3

Shekhar Dhakal ६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरौल गाविस - ३ का ६५ वर्षीय दिलबहादुर श्रेष्ठलाई माघ १ गते गिरफ्तार गरेको छ । आफ्नै घरमा रहेको पसलमा खानेकुरा दिएर फकाइ बालिकालाई पुस ३० गते दिलबहादुरले बलात्कार गरेको भन्दै पीडितका बाबुले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चिरन्जीवी कोइरालाले जानकारी दिए । बालिकाको माघ १ गते जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डीएसपी चिरन्जीवी कोइरालाले जनाए । गिरफ्तार भएका दिलबहादुर विरुद्ध जबरजस्तीकरणीको मुद्दा दायर हुने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments