Incident Reports

न्याम्सका सदस्यसचिव पक्राउ

2016-01-20

Bagmati, Kathmandu, Kathmandu

बलात्कारका अभियुक्तलाई जोगाउन नक्कली कागजपत्र बनाएको अभियोगमा प्रहरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सेवा आयोगका सदस्यसचिव लक्ष्मण अर्याललाई पक्रेको छ । बलात्कार अभियोग लागेका व्यक्तिलाई जोगाउन सो समयमा अभियुक्त उपचारका क्रममा अस्पतालमा रहेको पत्र बनाएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्रेको हो । स्रोतका अनुसार ब्युरोले उनीसँगै वीरको आकस्मिक कक्षमा कार्यरत राजेश कार्कीलाई समेत पक्रेको छ। वीरको लेटरप्याड प्रयोग गरी बलात्कार अभियोग लागेका ब्यक्ति सो समयमा अस्पतालमा उपचाररत रहेको दाबी गरेपछि अदालतले प्रमाण बुझ्दा फर्जी देखिएपछि अनुसन्धानका लागि प्रहरीमा पठाएको थियो। अनुसन्धानमा सो प्रकरणमा अर्याल, कार्की लगायतको संलग्नता देखिएपछि अनसन्धानका लागि मंगलबार पक्राउ गरिएको ब्युरोस्रोतले जानकारी दियो ।

0 Comments