Incident Reports

युवती बेचबिखनको आशंकामा चारजना पक्राउ

2016-01-21

Bagmati, Chitawan, Ward 10

चितवन प्रहरीले महिलाहरुलाई बेचबिखन गर्न लागेको आशंकामा चारजना लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलयले दिएको विवरण अनुसार मंगलबार दिउँसो एक बजे भरतपुर– १० मा रहेको होटल अशोकाबाट उनीहरु पक्राउ परेका हुन्। रामेछापका चारजना महिलालाई रोजगारीकालागि किर्गिजिस्तान पठाउने भन्दै उनीहरुले आफूसँगै ल्याएको प्रहरीले बताएको छ। महिलाहरु १९ देखि ३१ वर्षसम्मका छन्। 'किर्गिजिस्तान पठाउने भनिएपनि पश्चिम नाका महेन्द्रनगरको बाटोहुँदै भारत लैजाने र भारतमा बेचबिनगर्ने उद्देश्य राखेको पाइयो,' चितवन जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक रविनबाबु रेग्मीले भने। प्रहरीले चितवन मंगलपुरका सञ्जय तमाङ, तनहुँ केशबटारका टोलाराम थापा, धादिङ गजुरीका दयाराज कँडेल र स्याङ्जा पंचमुलका राजु गुरुङलाई अशोका होटलबाट गिरफ्तार गरेको छ। त्यस्तै सोही गिरोहमा संलग्न भएको आशंकामा दयाराज कँडेललाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध मानव बेचविखन तथा ओसार पसार अपराधमा मुद्दा चलाइने छ।

0 Comments