Incident Reports

बन्धक बनाइ दिदी बहिनीलाई देहव्यापारमा लगाउने पक्राउ

2016-01-22

Lumbini, Banke, Kohalpur

एकै घरका दुई दिदी बहिनीलाई होटलमा बन्धक बनाइ जर्वजस्ती देहव्यापारमा लगाउने युवक प्रहरी फन्दामा परेका छन्। जुम्ला सिँजाका दुई दिदी बहिनीलाई होटलमा बन्धक बनाई देहव्यापारमा लगाउने बाँके फत्तेपुर–का ओमप्रकाश मल्ललाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरी बेचबिखन मुद्दा चलाएको छ। डेढ महिना अघि जुम्लाबाट हराएका दुई दिदी बहिनीलाई मल्लले होटलमा बन्धक राखी परपुरुषसँग यौन व्यापारमा लगाउने र पैसा आफूँले लिने गरेको पाइएपछि मल्ललाई पक्राउ गरिएको कोहलपुर प्रहरी चौकीका डिएसपी राजीवबहादुर बस्नेतले बताए। 'जुम्लाबाट हराएका उनीहरुमध्ये दिदीलाई कोहलपुरमा र बहिनीलाई नेपालगन्जको होटलमा बन्धक राखी यौन व्यवसायमा लगाएको भेटियो,' उनले भने। डेढ महिना अघि युवतीका आफन्तले कोहलपुर प्रहरी चौकीमा उनीहरु हराएको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। उनीहरुको खोजी गर्ने क्रममा प्रहरीले बिीहबार मल्ललाई कोहलपुरबाट पक्राउ गरेको थियो। मल्ल पक्राउ परेपछि हराएका दिदी कोहलपुरबाट र बहिनी नेपालगन्ज बसपार्कको एक होटलबाट उद्दार गरिएको डिएसपी बस्नेतले जानकारी दिए। दिदी बहिनीको मोबाइल फोन नियन्त्रणमा लिई, होटलभित्रै बन्धक बनाई मल्लले केटाहरुसँग रकम असुली गरी यौन व्यवसायमा लगाएको पुष्टि भएको उनले जनाए। उद्दार गरी दुई दिदी बहिनीलाई आफन्तको जिम्मा लगाएको छ भने आरोपित मल्ललाई प्रहरीले मुद्दा दर्ता गरी नियन्त्रणमा राखेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
Total Abducted 2
Female Abducted 2
Youth Abducted 2
National/Online Media

0 Comments