Incident Reports

जबरजस्ती करणी आरोपमा दुई पक्राउ

2016-01-22

Madhes, Mahottari, Matihani

मझौराविष्णपुर घर भएकी १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले धिरापुर ९ का २१ वर्षीय फिरोज राईनलाई पक्रेको छ। पुस २५ गते मझौर विष्णपुर घर भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा राईनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ परेको राईनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको र उनीमाथि जबजस्ती करणी शीर्षकमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यसैबीच जबरजस्ती करणी उद्योग मुद्दामा पक्राउ परेका सोनौल घर भएका शम्भु यादवलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सोनौलस्थित मामा घरमा बस्दै आएकी १८ वर्षीया युवतीलाई पुस ५ गते दिउँसो ३ बजे उखुघारीमा घाँस काट्दै गर्दा युवक यादवले जबजस्ती करणी गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखाले जनाएको छ। युवक यादवलाई पुस ३० गते प्रहरीले पक्राउ गरेको र अनुसन्धान पूरा भई जिल्ला अदालत महोत्तरीसमक्ष पेश गरेपछि शुक्रबार उनलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments