Incident Reports

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

2015-06-04

Sudurpashchim, Baitadi, Dasharathchanda

विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्ने माग राख्दै बैतडीको दुर्गा उच्च माविमा अभिभावकले शुक्रबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गत जेठ २१ गते भएको विद्यालय व्यवस्थापन समितिको बैठकले निर्वाचनमार्फत विद्यालय व्यवस्थापन समिति गठन गर्न खोजिँदा विवाद भएपछि अहिलेसम्म व्यवस्थापन समिति गठन गर्न सकिएको छैन । यसबारे जिल्ला शिक्षा कार्यालय र स्थानीय राजनीतिक दललाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेको स्थानीयवासी गङ्गासागर जोशीले जानकारी दिनुभयो । अभिभावकले यो विषयमा सुनुवाइ नहुञ्जेलसम्म ताला नखोल्ने बताएका छन् । अभिभावकले विद्यालयमा तालाबन्दी गरिदिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments