Incident Reports

घूस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

2016-02-05

अख्तियार दुरुपयोग अनुसन्धानको मध्य क्षेत्रीय कार्यालय हेटौडाले बिहीबार चितवनमा एक प्रहरी निरिक्षकलाई ८ हजार घूसको रकम सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ताले सेवाग्राहीबाट घूस लिदै गरेको अवस्थामा कार्यालयबाट अख्तियारको टोलीले पक्रेको हो । उनले थुनामा परेको व्यक्तिलाई छाड्न उक्त रकम लिएको बुझिएको प्रहरी श्रोतले जनाएको छ । निरीक्षक गुप्ताको सेवाग्राहीसंग यसअघि पनि घुस लिएको गुनासो आएपछि उनीसँग स्पष्टीकरण माग गरिएको चितवनका प्रहरी प्रमुख बसन्त कुवँरले बताए । 'प्रहरी निरिक्षक गुप्ताको काम सन्तोषजनक देखिएको थिएन,' उनले भने, 'त्यसैले कारवाही प्रक्रिया अघि बढाएका थियौं ।' उनलाई कारवाही स्वरुप मध्य क्षेत्रिय प्रहरी तालिम केन्द्र दुधौलीमा काज सरुवा गरिएको उनले बताए । काज जान एक दिन बाँकी रहेको बेला उनलाई अख्तियारले पक्राउ गरेको हो ।

0 Comments