Incident Reports

Escaped fugitive detainee arrested

2016-02-05

A fugitive detainee who escaped nine years ago has been arrested by Nuwakot Police on Thursday. 38-year-old Lal Bahadur Tamang, a resident of Dangsing-5 was arrested from his own home. He was arrested on October 26, 2007 while trafficking two girls aged 22yrs and 19yrs of Dangsing-5. The girls were being taken to India through Inaruwa of Parsa when they were rescued and the perpetrator arrested. The detainee was presented to District court and sentenced to prison on Thursday. After the detainee escaped, two police officers - Ram Sharan Rai and Ram Krishna Ojha, who were taking him to Nuwakot were suspended. They were later dismissed from the service after being fined Rs 15,000 each. Police have initiated a campaign to arrest all escaped fugitives and this year they have already arrested 8 fugitives involved in human trafficking and 4 others in connection with possession of illegal weapons. नौं वर्षअघि हतकडिसहित फरार मानवबेचविखन मुद्दाका आरोपिलाई नुवाकोट प्रहरीले बिहीबार पक्राउ गरेको छ । दाङसिङ-५ का ३८ वर्षका लालबहादुर तामाङलाई प्रहरीले उनकै घरबाट प्रक्राउ गरेको हो । दाङसिङ-५ का २२ वर्षकी र १९ वर्षकी दुई युवतीलाई २०६४ साल कात्तिक ९ गते भारततर्फ बेच्न लैजाँदै गर्दा पर्सा जिल्लाको इनर्वाबाट पीडितहरुलाई उद्धार गरि पीडक तामाङलाई पक्राउ गरेको थियो । पीडितको जाहेरीमा पर्सा जिल्ला अदालतले नुवाकोट क्षेत्र पर्ने भन्दै मुद्दा नुवाकोटमा लैजान आदेश दिएपछि २०६४ साल कात्तिक २३ गते नुवाकोट आउनेक्रममा विदुर नपा–४ बट्टारबाट अभियुक्त तामाङ हतकडीसहित फरार भएका थिए । फरार प्रतिवादी तामाङलाई जिल्ला अदालते १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । फरार तामाङ भारतमा लुकीछिपी बस्दै आएको र बेलाबेलामा घरसमेत आउने गरेको सुराकीको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सिद्धीविक्रम शाहले बताउनुभयो । फरार अभियुक्त तामाङलाई बिहीबार नै जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । अभियुक्त ताामाङ फरार भएपछि उनलाई नुवाकोट ल्याउने प्रहरी हबल्दार रामशरण राई र प्रहरी जवान रामकृष्ण ओझालाई तत्काल निलम्बन गरि जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अदालत गठन गरि कारवाही हुँदा १५ हजार रुपैयाँ जरिवाना र सेवाबाट वर्खास्त गरिएको थियो । फरार अभियुक्तहरुलाई पक्राउ गर्नै अभियान नै सञ्चालन गरिरहेको प्रहरीले यो वर्ष हात हतियार खरखजाना मुद्दामा ४ जना र मानवबेचविखन मुद्धाका ८ जनालाई पक्राउ गरिसकेको छ ।

0 Comments