Incident Reports

माेर्चाद्वारा अाैपचारिक रूपमा नाकाबन्दी स्थगित

2016-02-08

Bagmati, Kathmandu, Kathmandu, Ward 10

आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ। मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। 'जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ,' मोर्चा नेता महेन्द्र रायले भने,'आन्दोलनका क्रममा भएका कमी कमजोरी र त्रुटि समीक्षा गर्दै आन्दोलनलाई अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं।'

0 Comments

Related Trend Analysis