Incident Reports

छोरीको हत्या गर्ने बाबुलाई जन्मकैदको फैसला

2016-02-08

Bagmati, Chitawan, Madi, Ward 7

तीन वर्षीया छोरीको हत्याका दोषी माडी-११ का २५ वर्षीय सुरेश विकलाई चितवन जिल्ला अदालतको सोमबारको फैसलाले जन्मकैद सजाय तोकेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले जन्मकैदको फैसला सुनाएको हो । गत असोज ५ गते कुटपिट भइ उपचारको क्रममा ३ वर्षीया बालिका खुशी विकको भरतपुर अस्पतालमा असोज १२ गते निधन भएको थियो । बाबुको कुटपिटबाट मृत्यु भएको भनी मृतककी आमा २१ वर्षीया लक्ष्मी विकले जिल्ला प्रहरी कार्यालय चितवनमा असोज १२ गते नै उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित विकलाई सोही दिन गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो । जन्मकैदको फैसला भएपनि न्यायाधीशको तजबिजका आधारमा १० वर्षको सजाय कायम गरिएको अदालतका सूचना अधिकृत कृष्ण बरालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments