Incident Reports

प्रेम दिवसको कार्यक्रममा झडप

2016-02-14

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रेम दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुबीच झडप भएको छ। गुलाबको फुलसँगै कण्डम समेत वितरण गरिएको भन्दै केही विद्यार्थीहरुले विरोध गरेपछि आयोजकसँग झडप भएको हो। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा कार्यरत डा. सुशील कोइराला एड्सबारे जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रममा कण्डम वितरण गर्न पुगेका थिए। उनी केही वर्षयता गुलाबको फुल वितरण गरेर युवाहरुलाई भ्यालेन्टाइन डे मनाउन प्रेरित गर्दै एड्सबारे जनचेतना जगाउन सक्रिय छन्। केही विद्यार्थीले कण्डम वितरण गरिएको विषयमा आपत्ति जनाएपछि डा. कोइरालाले भाग्नुपर्ने अवस्था आएको थियो । क्याम्पसका स्ववियु सभापति राजकुमार राईले डा. कोइरालालाई कुटपिटबाट जोगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments