Incident Reports

आयोगद्वारा मोरङ घटनाको विस्तृत अध्ययन र अनुसन्धान शुरू

2016-02-16

मधेस आन्दोलनका क्रममा मोरङको रङ्गेली र डायनियामा गत माघ ७ गते सर्वसाधरणको हत्या भएको घटनामा विस्तृत अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको एक उच्च स्तरीय अनुसन्धान टोलीले काम शुरू गरेको छ । आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, निमित्त क्षेत्रीय निर्देशक कोषराज न्यौपाने, मानवअधिकार अधिकृतहरू श्यामबाबु काफ्ले र कैलाशकुमार शिवाकोटी सम्मिलित टोलीले फागुन ३ गतेबाट विस्तृत अध्ययन शुरू गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय आयोगको उक्त अनुसन्धान टोली फागुन ३ गते घटनास्थलमा पुगेर अध्ययन शुरू गरिसकेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन् । अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरू र साक्षीहरूसँग छुट्टाछुट्टै रूपमा घटना सम्बन्धमा बयान लिने लगायतका कार्यहरू गरिरहेको प्रवक्ता अन्सारीले बताइन् । गत माघ ७ गते प्रहरीले चलाएको गोली लागेर रङ्गेली-४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडङ्गा-२ का महादेव ऋषिदेव र डायनिया-९ का शिवु माझीको मृत्यु भएको थियो । आयोगको प्रारम्भिक अनुगमनमा मानवअधिकार हनन् हुनेगरी सर्वसाधरणको हत्या भएको पाइएपछि विस्तृत अध्ययन गर्न केन्द्रबाट टोली खटाइएको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 3
Female Killed 1
INSEC

0 Comments

Related Trend Analysis