Incident Reports

​बोक्सीको आरोपमा महिलालाई यातना दिने झाँक्रीसहित चारै जना पक्राउ

2016-02-18

Province 1, Morang, Rangeli

होक्लाबारी गाविस–२ की एक महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने आरोपितलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिँदा आफूले न्याय नपाएको गुनासो पीडितले गरेकी छिन् । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा भएको थुनछेक बहसका क्रममा आरोपितहरुसँग जनही २७ हजार रुपैयाँ धरौटी बुझाएर छोड्ने आदेश भएको थियो । आरोपित चारै जनाले आदेश अनुसारको रकम बुझाएर मङ्गलबार रिहा भएका जनाइएको छ । गत फागुन ६ गते होक्लाबारी गाविस–२ की २७ वर्षीया यशोदा डोटेल भण्डारीलाई उनका पति ३२ वर्षीय रोशन भण्डारी, ससुरा ५५ वर्षीय छत्रबहादुर भण्डारी, नन्द २५ वर्षीया मन्दिका भण्डारी र धामिनी सुनसरी जिल्ला इटहरी उमनपा–७ की ३८ वर्षीया जानुका कोइरालाले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए । पीडितले इलाका प्रहरी कार्यालय रङ्गेलीमा फागुन ९ गते उजुरी दिनुभएको थियो भने उजुरीका आधारमा फागुन १० गते पति, ससुरा, नन्द र धामिनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतबाट आरोपितहरु छुटेपछि पीडितले आफूजस्ता कमजोर महिलालाई अदालतले समेत न्याय दिन नसकेको गुनासो गरेकी हुन् । विवाह भएपछि परिवारका सदस्यहरुले आफूलाई अस्वीकार गरी पीडा दिँदै आएको उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments