Incident Reports

बालिका बलात्कार आरोपित गिरफ्तार

2016-02-25

Bagmati, Chitawan, Bharatpur

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय उमेशबहादुर चौधरीलाई फागुन ११ गते गिरफ्तार गरेको छ । बालिकालाई भरतपुर उपमहानगरपालिका नजिकैको नगर वन क्षेत्रमा लगी फागुन ११ गते दिउँसो बलात्कार गरेको आरोपमा चौधरीलाई गिरफ्तार गरी मुद्दा चलाई फागुन १२ गते जिल्ला अदालत चितवनमा म्याद थप गरिएको छ । पीडित बालिकाकी आमाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । बालिकाको स्वास्थ्य परीक्षणका लागि उजुरी परेकै दिन भरतपुर अस्पतालमा पठाइएको चितवन प्रहरीले जनाएको छ । यस्तै, १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले सिन्धुपाल्चोक जिल्ला बतासे-९ बस्ने १८ वर्षीय सुदिप लामालाई फागुन १० गते गिरफ्तार गरेको छ । बालिकालाई फागुन ५ गते नारायणगढ स्थित एक होटलमा आरोपितले बलात्कार गरेको आरोप छ । पीडित बालिकाकी बाबुले फागुन १० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिए । आरोपित लामा विरुद्ध फागुन ११ गते मुद्दा चलाइएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण फागनु १० गते भरतपुर अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments