Incident Reports

सामूहिक बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार

2015-09-04

Madhes, Saptari, Rajbiraj

३३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नपा-२ का ३५ वर्षीय आलम मियाँ र २५ वर्षीय सदाम मियाँलाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको छ । पीडितले पहिचान गरेको आधारमा आरोपितहरूलाई राजविराज बजारबाट गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरू राजविराज नपा-२ का २६ वर्षीय मोहमद अब्बास मियाँ र २७ वर्षीय शिवनारायण रामसहित नचिनेका पाँच गरी सात जनाले पीडितलाई ०७२ भदौ १५ गते राति राजविराज नपा-२ मा सामुहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७२ भदौ १८ गते उजुरी दर्ता गराएकी थिइन् । जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालको आदेशले आरोपितहरूमाथि ०७२ असोज १८ गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो । छिन्नमस्ता मन्दिरमा पूजा गरी घर फर्किने क्रममा बाटो छेउमै रहेको पोखरी किनारमा सामूहिक बलात्कारको घटना भएको बताएकी पीडितको स्तनमा दाँतले टोकेको निशान र शरीरभरि कुटपिटको चोट लागेको थियो । पीडितको स्वास्थ्य परीक्षण एवम् उपचार राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा ०७२ भदौ १६ गते भएको थियो । बालक एक छोरा र एक छोरीकी आमा पीडितका पति सउदी अरवमा वैदेशिक रोजगारमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments