Incident Reports

भैरहवामा बजार बन्द गराउदै हिडेका ५ मोर्चा कार्यकर्ता पक्राउ

2016-02-26

Lumbini, Rupandehi, Ward 3

प्रधानमन्त्री केपी ओलीको भैरहवाका हुने कार्यक्रमलाई लक्षित गरी रुपन्देही जिल्ला बन्द गराउदै हिडेका मधेसी मोर्चाका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमाले लुम्बिनी अञ्चलले भैरहवामा शुक्रवार आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली आउने भएपछि कार्यक्रम बिथोल्न मधेसी मोर्चाले रुपन्देही बन्दको आहृवान गरेको थियो । बन्द सफल बनाउन बजार बन्द गराउँदै हिडेका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अनिल झा नेत्तृवको नेपाल सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंह र तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष अजय वर्मा, सोही पार्टीका रवि यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य रामवेलास यादव र तुलसीराम यादव छन् । पक्राउ परेको वर्मा, यादव र सिंहले रुपन्देहीको बनगाईमा (लुम्बिनी रोड) सडक अवरोध गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले अनलाइनखबरलाई जानकारी दिए । थप दुई जनासुर्यपुराबाट पक्राउ गरिएको रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले पुष्टि गरे । तर संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही जिल्ला संयोजक महेन्द्र यादवले प्रहरीले अनावश्यक रुपमा सिंह, वर्मा र यादवलाई बनगाईको चिया पसलमा बसेको अवस्थामा र रामवेलास र तुलसीरामलाई रुपन्देहीको सुर्यपुरा बजारबाट पक्राउ गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis