Incident Reports

वियरको बोतलले टाउकोमा हानी हत्या

2016-02-20

Lumbini, Rolpa, Thawang

रोल्पा सदरमुकामबाट २८ कोष टाढाको गाउँ थवाङमा एउटा हत्याको घटना सेलाउन नपाउँदै अर्काे घटना बाहिर आएको छ। थवाङ ९ का ४९ वर्षीय विरवल वुढाले आफ्नी ३१ बर्षीया श्रीमति सिता बुढालाई वियरको बोतलले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ। गत ८ गते भएको सो घटना थवाङ प्रहरीले १४ गते राति मात्र थाहा पाएको थियो। ८ गते साँझ श्रीमतीको हत्या गरेका विरवलले ९ गते गाउँलेहरुलाई बोलाई भिरबाट लडेर श्रीमतीको मृत्यु भएकोे भन्दै ९ गते बिहान रुकुमको महत–५ स्थित जङ्गल छेउमा पुरेको प्रहरीले जनाएको छ। १४ गते राति घटनाको जानकारी पाएको थवाङ प्रहरीले १५ गते मृृतकलाई पुरेको ठाउँ उत्खनन गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै छ। 'मृतकको टाउकोमा चोट देखिएको छ।' रोल्पा प्रहरी प्रमुख रमेश थापाले भने, 'मृतकका पति विरवल बुढा प्रहरी नियन्त्रणमा छ।' थवाङ ९ मै गत ११ गते तिलाकुमारी पुनले आफ्नो श्रीमान र सासु आमाको हत्या गरेका थिइन्। त्यस्तै केहि दिन अगाडि थवाङको छिमेकी गाविस उवामा वैदेशिक रोजगारवाट फर्कीएका युवकको हत्या गरी २ लाख नगद र ३ तोला सुन लुटिएको थियो। सो घटना पनि परिवारकै संलग्नता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments