Incident Reports

सशस्त्र प्रहरी पूर्व महानिरीक्षक बस्नेतसहित ६ विरुद्द भ्रष्टाचार मुद्दा

2016-02-29

Bagmati, Kathmandu, Chandragiri

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान ढुवानीमा भ्रष्टाचार गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  प्रहरी महानिरीक्षक बस्नेतले २०६६ वैशाखदेखि २०६८ साउन महिनासम्मको अवधीमा खरिद गरेको सामान ढुवानीमा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले बस्नेतलगायत अन्य प्रहरी अधिकृतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ भ्रष्टचार भएकाले असुल हुनुपर्ने दाबी गरेको छ। अख्तियारले सशस्त्र प्रहरी निरीक्षकहरु विनबहादुर थापा, मनुहिरा महत, शिवकहादुर अधिकारीलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रहरी निरीक्षक थापासँग ९ करोड १५ लाख, महतसँग ७३ लाख २३ हजार ९ सय ५४ र अधिकारीसँग २३ लाख ५९ हजार १० विगो दाबी गरेको छ। शसस्त्र प्रहरी नायव निरीक्षकहरु देवेन्द्रकुमार श्रेष्ठसँग ८३ लाख ८३ हजार १ सय ३६, निलवहादुर श्रेष्ठ र लेखवहादुर श्रेष्ठसँग क्रमश १० लाख ६६हजार ७ सय ४३ बिगो असुल गर्न आरोपपत्रमा माग गरेको छ। महानिरीक्षक बस्नेतको आदेश र निर्देशनमा सार्वजनिक खरिद ऐन, नियम विपरित विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनको लागि भनी पेश्की लिएको देखाई सामान नै ढुवानी नगरी, संचालन मै नभएका ट्रान्सपोर्टको झुठा बिल पेश गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। बुद्ध तथा यती एयरलाइन्सबाट कार्गो गरी मातहत युनिटमा जिन्सी सामान ढुवानी गराएको भनी एयरलाइन्सको समेत झुठा कार्गो बिल तयार गर्न लगाएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। सामान ढुवानी गर्न भनी पेश्की लिएका भनिएका कर्मचारीहरुको नाममा पेश्की सोध भर्ना भुक्तानी दिइएको भनी चेक काटी आफैंले लिएको अनुसन्धानमा देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments