Incident Reports

प्रहरी अधिकृतमाथि मुद्दा दायर

2016-03-02

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र निरीक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवाली र प्रहरी निरीक्षक रमेशबहादुर सिंहले दुई पक्षीय लेनदेनका विषयमा रकम भुक्तानीको म्याद लम्ब्याइदिन्छौँ भनी रु तीन लाख घुस लिँदालिँदै आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो । आयोगको अध्ययनबाट प्रहरी नायब उपरीक्षक ज्ञवाली र निरीक्षक सिंहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता पुष्करले जानकारी दिए। रासस

0 Comments