Incident Reports

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2016-03-01

Madhes, Saptari, Rajbiraj, Ward 5

 १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नपा-५ का २५ वर्षीय कमल भनिने कमलकिशोर साहलाई प्रहरीले राजविराज नपा-५ स्थित बाटोबाट फागुन १८ गते राति गिरफ्तार गरेको छ । फरार रहेका आरोपित साहसहित मलेठ गाविस-७ का २१ वर्षीय फुदिन खान, राजविराज नपा-३ का २४ वर्षीय शम्भु साह, राजविराज नपा-५ का २८ वर्षीय नविन दत्त, नर्घो गाविस-९ का २० वर्षीय दिपेशकुमार यादवविरुद्ध जिल्ला अदालतले ०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो । साहलाई फागुन १८ गते गिरफ्तार गरिएको र अन्य आरोपितको खोजी भइरहेको एसपी भीमप्रसाद ढकालले बताए । सामूहिक बलात्कार घटनाका आरोपितमध्ये तेरहौता गाविस-३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग जिल्ला अदालतको आदेशमा वैशाख २४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएपछि पुनरावेदन अदालतबाट ०७२ जेठ २८ गते थुनामा राखेर पुर्पक्ष गर्न आदेश भएका सुनसरी जिल्लाको सतेरझोरा गाविस-२ का १८ वर्षीय दिपक खेरबार यादवसमेत फरार छन् । आरोपितहरूले राजविराज नपा-५ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा २०७१ चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत १३ गते उजुरी दिएकी थिइन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र मोरङ जिल्लास्थित विराटनगरमा उपचार गराएकी पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा चैत १३ गते भएको थियो । आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २४ गते जबरजस्तीकरणी मुद्दा दर्ता भएपछि आरोपितहरूमध्ये जितेन्द्र र दीपकलाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments