Incident Reports

गर्भवतीको मृत्युपछि अञ्चल अस्पताल तनावग्रस्त

2016-03-01

अस्पतालमा भर्ना भएकी गर्भवती महिलाको मृत्यु भएपछि दिनभरी तनावग्रस्त बनेको लुम्बिनी अञ्चल अस्पताल बुटवल साँझ ६ बजेदेखि सामान्य बन्दै गएको छ। सुत्केरी व्यथा लागेपछि मंगलबार राति अस्पतालमा भर्ना भएकी नवलपरासी सुनवल ६ कि ३० वर्षिय रामकुमारी तामाङको मृत्यु भएपछि बुधवार दिनभर अस्पतालमा तनाव भएको हो। मंगलबार साँझ सुत्केरी हुन आएकी तामाङको राति १२ बजेबाट अत्यधीक रक्तश्राव भएपनि नर्सहरुले चिकित्सकलाई खबर नगरेको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले दिनभर अस्पताल घेराउ गरेका हुन्। मृतकका आफन्तले अस्पतालका चिकित्सक र नर्सहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै दिनभर प्रसुती कक्षबाट शव समेत उठाउन दिएका थिएनन्। मृतकका आफन्तको प्रदर्शन पछि दिनभर प्रशुती कक्ष प्रहरीले नियन्त्रणमा लिएको थियो। जसका कारण बुधवार अस्पतालको प्रशुती कक्ष प्रभावित बन्यो। हरेक दिन ३५ देखि ४० जनासम्म प्रशुती हुने लुम्बिनी अञ्चल अस्पताल बुधवार भने सो घटनाका कारण कुनैपनि महिला प्रशुती हुन सकेनन्। अस्पतालमा भएको तनावको कारण प्रशुती हुने महिलाहरु अन्य अस्पतालमा जान बाध्य भएका थिए। मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरी प्रशासनका विचमा छलफल शुरु भएपछि आफन्तले मृतकको शव उठाउन दिएका छन्। तामाङको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ। अस्पतालमा अहिलेपनि व्यापक प्रहरी तैनाथ गरिएको छ भने मृतकका आफन्तहरुको उपस्थितीपनि बाक्लो रहेको छ। मृतकका दुईजना छोराछोरी घरमा रहेका छन् भने श्रीमान वैदेशिक रोजगारमा रहेको बताईएको छ। यता अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउने र दोषीलाई कारबाही गर्ने बताएका छन्। अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरी प्रशासनका विचमा छलफल भईरहेको बताईएको छ। अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार हरेक महिना साढे ६ सय भन्दा धेरै प्रशुती हुने अञ्चल अस्पतालमा वर्षमा ४ जनासम्मको प्रशुतीको क्रममा मृत्यु हुने गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments