Incident Reports

पत्नी हत्या घटनाका दोषीलाई सर्वस्वसहित जन्मकैदको फैसला

2016-03-03

Bagmati, Ramechhap, Manthali, Ward 2

रामेछाप मन्थली नगरपालिका-१४ भटौलीकी ३५ वर्षीया पदमकुमारी मगरलाई हत्या गरेको आरोपमा पति ४२ वर्षीय नेत्रबहादुर मगरलाई रामेछाप जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले पत्नी हत्याका आरोपित नेत्रबहादुरलाई फागुन १८ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । आरोपित नेत्रबहादुरले पत्नी पदमकुमारीलाई पुस १० गते छोराछोरीलाई घर बाहिर निकाली कोठा थुनेर हत्या गरेको जाहेरी मृतकका दाजुले पुस ११ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएका थिए । हत्याको आरोपमा पुस ११ गते गिरफ्तार परेको नेत्रबहादुर जिल्ला अदालतको २०७२ पुस २८ गतेको आदेशले पुर्पक्षका लागि थुनामा थिए । पुर्पक्षका लागि थुनामा रहेका नेत्रबहादुरलाई फागुन १८ गते रामेछाप कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार मनोजकुमार श्रीवास्तवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Totally damaged Vehicles 00
INSEC

0 Comments