Incident Reports

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

2016-03-04

Gandaki, Kaski, Rautamai, Ward 9

१५ वर्षीया एक बालिकालाई बेचविखन गरेको आरोपमा पोखरा उमनपा-१० जनप्रिय मार्गका ३१ वर्षीय देवेन्द्र गुरुङलाई फागुन १९ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई विभिन्न प्रलोभनमा पारेर फागुन १३ गते पोखरादेखि लम्जुङ पुर्‍याई बेचविखन गरेको भन्दै बालिकाका आफन्तले फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको र जिल्ला बाहिर लगेर बलात्कार समेत गरेको आरोपमा जाहेरी दर्ता भएकोले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो । बालिकाको फागुन १६ गते पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भयो ।

0 Comments