Incident Reports

यातना मुद्दामा सेनाका उपसेनानीलाई जरीवाना

2011-01-01

Lumbini, Bardiya, Barbardiya

बर्दिया–जिल्ला अदालतले नाबालकलाई यातना दिने सेनाका अधिकृत र प्युठलाई जिरिवाना गर्ने फैसला सुनाएको छ। नरसिंह दल गण बञ्जरिया पोष्टका तत्कालीन पोष्टपति कबिन्द्र थापालाई २ हजार जरिवाना र प्युठ मान बहादुर खड्कालाई जरिवानासहित विभागीय कारवाहीको फैसला सुनाएको हो। थापा अवकाश प्राप्त भएकोले जरिवाना मात्र र खड्कालाई जरिवाना र विभागीय कारबाहीका लागि फैसला भएको पीडित पक्षका कानुन व्यबसायी बसन्त गौतमले बताए। यातना पीडित १४ वर्षे नाबालक पदम बहादुर खड्कालाई ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसलामा उल्लेख छ। ४ वर्ष लामो चुनौतीपूर्ण न्यायिक लडाईपछि यातना पीडितद्वारा आशिंक रुपमै भए पनि न्याय पाएको पीडितका बुवा लाकेन्द्र खड्काले बताए। जिल्ला अदालतले मनाउ गाविस–१ का १४ वर्षीय खड्कालाई सैनिक हिरासत यातना दिएको ठहर गर्दै यातना पीडित बालकलाई नेपाल सरकारबाट रु ५० हजार भराई दिने फैसला गरेको हो। यातना दिनेलाई कारवाही गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने मुद्दा चैत ३ गते जिल्ला अदालतको २ नम्बर वेन्चले सुनुवाई गरेको थियो। न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले यातना दिने थापा, र खड्कालाइ जनही २ हजार जरिवाना गरेको हो। बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नरसिंह गण अन्तरगत बञ्जरिया पोष्टबाट आएका सैनिक जवानहरुले चित्तल मारी खाएको अभियोगमा सेनाले खड्कालाई नियन्त्रणमा लिएको थियो। झुठो आरोपमा खड्का समेतका ७ किशोरलाई पक्राउ गरी पोष्टमा लगेर निर्मम यातना दिएको मुद्दामा उल्लेख थियो । विपक्षीका नाउँमा पठाइएको म्याद बुझ्न इन्कार गरी म्याद तामेलीका लागि गएका अदालतका कर्मचारीलाईसमेत धम्काएर पठाउने गरेका कारण लामो समयसम्म म्याद तामेली हुन नसक्दा मुद्दा अनावश्यक रुपमा लम्बिन पुगेको मुद्दा लम्बिन पुगेको कानुनी व्यवसायीको भनाइ छ । यसअघि मुद्धा फिर्ता नलिए ज्यान मार्ने धम्की दिने गरेका कारण शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दिया र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दायर गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments