Incident Reports

बलात्कार अभियोग मा एक जना पक्राउ

2016-03-20

हेटौडा: बलात्कार आरोप लागेका अधिकारकर्मी गणेश दवाडी पक्राउ परेका छन्। दवाडीलाई बाराको कलैयाबाट बिहिवार साझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरले जानकारी दिनुभयो। दवाडीलाई बाराको कलैयामा सडकमा हिडिरहेका अवस्थामा पक्राउ गरिएको थियो। बारा जिल्लास्थित एभरेष्ट होटेलमा रहेको जानकारी आएपछि बारा प्रहरीको सहयोगमा होटेलमा खानतलासी गरिए पनि नभेटिएपछि सडकमा हिडिरहेका बेला पक्राउ परेको उहाले बताउनु भयो। बिहिवार पक्राउ परेका दवाडीलाई सुक्रबार जिल्ला अदालत लागिएको प्रहरीले जनाएको छ। सुक्रबार जिल्ला अदालत मकवानपुरले ६ दिन म्याद थुप गरि अनुसन्धान गर्न आदेश दिएको छ। दवाडी माथि चैत १ गते एक अपाङ्गता भएकी महिला माथि यौन जन्य हिंसाको आरोप लागेको थियो। दवाडीले आफुलाई बलात्कार गरको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। यसै बीच अपाङ्ग सरोकार केन्द्र मकवानपुरले अध्यक्ष गणेश चन्द्र दवाडी लाइ निलम्बन गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments