Incident Reports

सामुहिक यौन सम्बन्ध राख्न नमान्दा युवतीको हत्या

2016-03-24

Bagmati, Bhaktapur, Changunarayan

सामुहिक यौन सम्बन्ध अस्वीकार गर्दा भक्तपुरमा एक युवतीको हत्या भएको प्रहरीले जनाएको छ। मृतक भेनिशा लिम्बु गत फागुन ८ गतेबाट हराइरहेहकी र फागुन ११ गते भक्तपुरको नगरकोट नगरपालिका ११ मनपोखरीस्थित बाँसघारीमा लाश फेला परेकी धनकुटाकी भेनिशा लिम्बुको सामुहिक यौन सम्बन्ध राख्न नमान्दा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घनकुटा राजारानी–३ घर भई काठमाडौं–६ कपन बस्ने ती २० वर्षीया युवतीको हत्यामा संलग्न अभियोगमा प्रहरीले काठमाडौं–६ बौद्धका २८ वर्षीय सनि लामा, २४ वर्षका सजित लामा तथा मोरङको पथरी–३ घरभई काठमाडौंको थली बस्ने १९ वर्षका राजन राईलाई बिहीबार पक्राउ गरेको महानगरीय अपराध शाखा टेकुले जनाएको छ। घटना विवरण यस्तो छः प्रहरी अनुसन्धानअनुसार करिब ३ महिनाअघिदेखि फेसबुकमा साथी बनेका अभियुक्त राजन राई र भेनिशा फागुन ८ गते दिउँसो ३ बजे बौद्ध गेटमा भेट भएका थिए। उक्त भेटमा पक्राउ परेका अभियुक्त सनि लामाकासाथै सजित लामा र अर्का नाम नखुलेका फरार व्यक्ति पनि उपस्थित रहेका थिए। त्यसैदिन साँझ ६ बजे रमाइलो गर्ने भनेर सबैजना ठमेलको हार्ड रक रेन्टुरेन्टमा गई ५ ओटा वियर खाएका र राती ११ बजेसम्म भेनिशालाई मदिरा सेवन गराएर लठ्ठ बनाएपछि उनीमाथि जबर्जस्ति याैनजन्य गतिबिधि गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। राती उक्त फरार व्यक्तिको गाडिमा बसेर सबैजना बौद्ध गेट फर्किएपछि राजन र सजित गाडीबाट झरेर भेनिशालाई सनि र अर्को अपरिचित व्यक्तिको जिम्मा लगाई छोडेका थिए। त्यसपछि उक्त अपरिचित फरार व्यक्तिले सनि र भेनिशालाई आफ्नो अपार्टमेन्टमा लगेका थिए। अपार्टमेन्टको छैटौं तलामा रहेको कोठामा भेनिशालाई थप मदिरा सेवन गराइएको खुलेको छ। सनि र भेनिशाबीच शारीरिक सम्पर्क भएको र पछि फरार अपरिचित व्यक्तिलेसमेत उनीहरुको कोठामा आई सनिलाई बाहिर जान आग्रह गरेपछि विवाद भएको थियो। अपरिचित व्यक्तिले जबरजस्ती करणी गर्न खोजेपछि भेनिशा शौचालयमा पसेको र उक्त व्यक्तिले शौचालयमै जबरजस्ती गर्न खोजेका थिए। तर, भेनिशाले नमानेपछि छैठाैं तलाको अपार्टमेन्टबाट धकेलेर भेनिशालाई भुइँमा खसालेका थिए। घाइते भएकी भेनिशालाई उक्त फरार रहेका व्यक्तिले गाडीमा राखेर अस्पताल नलगी नजिकैको बाँसको झाँङमा शब लुकाएर दुबैजना फर्केका थिए। फरार व्यक्तिले सनिलाई त्यसैदिन विहान ३ बजेतिर घरमा छाडिदिएका थिए। विहान ५ बजे फरार व्यक्ति पुनः सनिको घरमा आई मोबाइल स्वीच अफ गरी बस्न लगाएको र आफू १० बजे लिन आउने झुटो आश्वासन दिई फरार भएका थिए। अभियुक्त सनि र राजन नेपाल भारत सीमाका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकोमा चैत १० गते टेकुबाट खटिएको प्रहरी टोलीले सर्लाहीको त्रिभुवननगर–१ बाट उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीए प्रहरी परिसर भक्तपुरमा बुझाएको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments