Incident Reports

कुटपिट गरेको भन्दै पतिविरुद्ध प्रहरीमा उजुरी

2016-03-20

Sudurpashchim, Darchula, Byas, Ward 4

सुनसेरा गाविस-४ घर भई हाल अपि नपा-११ बस्ने २२ वर्षीया साबित्री खातीलाई पति ३२ वर्षीय धनसिंह खातीले कुटपिट गरी यातना दिने गरेको भन्दै चैत ७ गते जिल्ला प्रहरी कार्यालय, धनगढीमा उजुरी दिएकी छन् । पीडित खातीले पतिविरुद्ध निवेदन दिएर माइतीघर बैतडी जिल्ला कोटपेटरा गाविस-७ सीमार मा बसिरहेकी छन् । पटक पटक पतिले आफूलाई घर छोड्न दबाब दिने तथा मदिरा सेवन गरी कुटपिट गर्ने गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । प्रहरीले उजुरीको आधारमा धनसिंहलार्इ जिल्ला प्रहरी कार्यालय, दार्चुलामा ल्याएर सोधपुछ गरेको छ । पीडित माइतीघरबाट नआएको कारण उजुरीबारे के गर्ने भन्ने बारेमा ढिलाई भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी जवान नन्दा गहतराजले जानकारी दिइन् । गहतराजका अनुसार पीडितको कानबाट जबरजस्ती सुन निकाल्दा कान सुन्निएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments