Incident Reports

हिंसा गर्ने सासु र ससुराविरूद्ध किटानी जाहेरी

2016-03-22

Sudurpashchim, Doti, Shikhar, Ward 7

लाटामाण्डौ गाविस-६ ऐरीगाउँकी २० वर्षीया लक्ष्मी ऐरले शारीरिक तथा मानसिक यातना दिने आफ्ना ससुरा तारा ऐर र सासु विष्णा ऐरविरूद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् । पीडितका अनुसार सासु र ससुराले आफ्नो फुपूको छोरा खड्क महरासँग लागेको आरोप लगाई शारीरिक तथा मानसिक यातना दिएका हुन् । 'गाउँमा सोलार जडानका लागि आएका दाइ राति १० बजे काम सकेर बहिनीको घरमा बास बस्न भनी आउनुभएको थियो । तर, वहाँहरूले गलत अर्थ लगाएर आरोप लगाई यातना दिनुभयो ।'-लक्ष्मीले भनिन् । लक्ष्मीका पति एक वर्षदेखि कामको सिलसिलामा भारत गएका छन् । पीडित अहिले सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र डोटीमा रहेकी छन् । लक्ष्मीका सासु र ससुराविरूद्ध घरेलु हिंसा अन्तर्गत मुद्दा दर्ता गरिने सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र डोटीकी संयोजक देबकी बोहराले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments