Incident Reports

एमाओवादी अध्यक्ष दाहालविरुद्ध नाराबाजी गर्ने मोर्चाका दस कार्यकर्ता पक्राउ

2016-03-25

शुक्रवारदेखि सुरु हुने ब्यपार मेलाको उद्‍घाटन गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज वीरगन्ज आउने भएका छन्। दाहाल आउने खबरसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। उनकै पार्टीका गृहमन्त्री भएको बेला मधेस आन्दोलनमा दमन भएको भन्दै उनीविरुद्ध मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्। मधेसी युवा गठबन्धनका पर्सा संयोजक ईश्वरचन्द यादवको नेतृत्वमा रहेका युवाहरुले घण्टाघर चोकमा टायर बालेर चर्का नाराबाजी सुरु गरेका छन्। त्यस क्रममा प्रहरीले दस जनलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेहरुमा राजेशमान सिंह मुन्नी श्रीवास्तव र रेखा साहलगायत छन्। मोर्चा कार्यकर्ताहरुले मधेसका मागहरु सम्बोधन नगरिकनै दाहालले नै संविधान जारी गर्न अंह भूमिका खेलेको आरोप लगाएका छन्। यता मुड्ली चोकमा पूर्वराज्यमन्त्री करिमा बेगमको नेतृत्वमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताहरुले पनि टायर बालेर नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छन्। दिउँसो २ बजे दाहालले मेला उद्‍घाटन गर्ने त्यसअघि कार्यकर्ताहरुलाई स्थानीय रानीसति धर्मशालामा सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकोठे मगरले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis