Incident Reports

भारतबाट दुई पेस्तोल ल्याउने दुई युवक पक्राउ

2016-03-27

Madhes, Siraha, Siraha

सिरहा नगरपालिकाबाट प्रहरीले विशेष सुराकीका आधारमा मेड इन युएसए पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव रहेका छन्। गएराति भारतबाट पेस्तोल नेपाल ल्याउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो। उनीहरु स३प ७७९ नंको मोटरसाइकलमा सवार थिए। पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए। उनले उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाउने बताए।

0 Comments