Incident Reports

पक्षघात भएकी आमाको हत्या गर्ने छोरा पक्राउ

2016-03-21

Lumbini, Dang, Lamahi

मदिराले लठ्ठ भएर आफ्नी वृद्ध आमालाई कुटपिट गरेर हत्या गरेको अभियोगमा यहाँको प्रहरीले एक युवालाई पक्राउ गरेको छ । लमही नगरपालिका–८ अर्नहवा निवासी ७० वर्षीया मंगलादेवी रावतको कुटपिट गरि हत्या गरेको आरोपमा उनका ३१ वर्षीय छोरा विमल रावतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार चैत ७ गते वेलुका घरमा विरामी अवस्थामा रहेकी आमा मंगलादेवी रावतलाई मदिरा सेवन गरेका विमलले लठ्ठी र ईट्टाले हानेर घाईते बनाएका थिए । छोराको कुटाईबाट घाईते आमाको उपचारका क्रममा शुक्रबार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको थियो । अशक्त आमालाई कुटपिट गरि विमल फरार भएका थिए । आमाको मृत्यु भएपछि विमललाई पक्राउ गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए । उनकी आमा प्यारालाइसिस भएर थला परेकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments