Incident Reports

बलात्कार प्रयासको आरोपमा एक गिरफ्तार [Updated]

2016-03-26

Province 1, Ilam, Illam, Ward 4

नौ वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा इलाम बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई प्रहरीले चैत १४ गते गिरफ्तार गरेको छ । चैत १३ गते दिउँसो घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बलात्कार गर्न खोजेको भन्दै चैत १४ गते निरौलाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले निरौलालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर रूद्र चुडालले जानकारी दिए । पीडित बालिकाको चैत १३ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 

update... इलामको जिल्ला अदालतले नौ बर्षे बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई 5 बर्षको जेल सजाय दिने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले कात्तिक 25  गते मुद्दाको फैसला सुनायो। आरोपितले मार्च  26 मा एक छोरीलाई घरमा बलात्कार गरेको थियो। पीडितका बाबुआमाले आरोपितको बिरूद्ध मार्च 26 मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेपछि उनी विरुद्ध उजुरी दर्ता भएको थियो र मुद्दा दर्ता भएको थियो

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments