Incident Reports

प्रहरीबाटै अस्पतालका कर्मचारी माथि निर्घात कुटपिट

2016-03-28

Madhes, Siraha, Lahan, Ward 5

सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै कुटिएका छन् । गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोखे । पीडित साहले भने, “सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।” बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव । यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गरे कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उनले भने, “सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरुमाथि विभागीय कारबाही हुन्छ ।” रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments