Incident Reports

नौ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंका

2016-03-27

Karnali, Salyan, Kumakhmalika

Meena Budhathoki नौ वर्षीया एक बालिकाको चैत १४ गते बलात्कारपछि हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानले आशंका गरेको छ । मृतक बालिकाको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर विनोद खड्काले बताए । उनका अनुसार बालिकाको शव मृत अवस्थामा स्थानीयबासीले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले जिमाली गाविस-३ का २२ वर्षीय गोपाल चलाउनेलाई चैत १५ गते गिरफ्तार गरेको जनाएको छ । ससुराली गएका चलाउनेले घरमा कोही नभएको अवस्थामा घर नजिकै लगेर बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कक्षा तीनमा अध्ययनरत बालिकाको शवलाई चैत १५ गते पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको छ । घटनाका आरोपित चलाउनेलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए । मिना बुढाथोकी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments