Incident Reports

बहुविवाह गरेको आरोपमा एक वर्षकैदको फैसला

2016-03-28

Bagmati, Nuwakot, Belkotgadhi, Ward 5

जिलिङ-४ का ३० वर्षीय शिवराम न्यौपानेले बहुविवाह गरेको आरोपमा जिल्ला अदालतले चैत १५ गते एक वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अजयराज उपाध्यायको इजलासले शिवरामलाई एक वर्षको कैद सजाय र १० हजार रूपियाँ जरिवानाको फैसला गरेको अदालतका श्रेस्तेदार उद्धवप्रसाद गजुरेलले जानकारी दिए । शिवरामले ०७२ असार १७ गते २३ वर्षीया शर्मिला गिरी न्यौपानेसँग अर्को विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठी पत्नी २६ वर्षीया संगीता न्यौपानेले ०७२ भदौ १२ गते उजुरी दिएकी थिइन् ।

0 Comments