Incident Reports

​जिल्ला शिक्षा अधिकारीसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

2016-03-30

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय रौतहटका तात्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । मण्डलसहित विद्यालय निरीक्षण नन्दकिशोर गुप्ता, लेखापाल नर्मदा आचार्य, सिएलसी फेडरेशन नेटवर्कका अध्यक्ष तथा श्री प्रावि फत्तेपुरका शिक्षक रञ्जनकुमार कर्ण, नेटवर्कका उपाध्यक्ष तथा श्री प्रावि शितलपुरका शिक्षक जयप्रकाश यादव र नेटवर्कका कोषाध्यक्ष तथा श्री रामचन्द्र मावि बसबिट्टीका शिक्षक प्रेमशंकर मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु माथि जनही ४७ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको छ । मण्डलले अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता कार्यक्रम सञ्चालन अभियान कार्यक्रमको लागि सरकारी अनुदानको रुपमा प्राप्त रकम सिएलसी फेडरेशन नेटवर्क रौतहटका पदाधिकारीसँगको मिलोमतोमा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

0 Comments